‘फर्कि फर्कि’का कारण ‘रावायण’लाई जसिताले दिन सकिनन् समय


नायिका जसिता गुरुङले निर्माता रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘फर्कि फर्कि’ साइन गरिसकेकी छिन् । यो फिल्म साइन गरेकी जसितालाई निर्देशक सुदर्शन थापाले बनाउन लागेको फिल्म ‘रावायण’बाट पनि अफर गएको थियो । तर, जसिताले यो फिल्मका लागि समय दिन नसक्ने बताएकी छिन् । 

मेरो फिल्मसँग कुराकानी गर्दै जसिताले भनिन्–‘मलाई रावायणका लागि फोन आएको थियो । तर, मैले फर्कि फर्किका  लागि समय दिइसकेकाले यो फिल्ममा काम गर्न सकिनँ ।’

जसिता हाल बेलायतमा छिन् । आफ्ना आफन्तको बिहे परेका कारण बेलायत पुगेकी जसिताले आफू नेपालमा सेप्टेम्बर १ तारिखमा मात्र फर्किने जानकारी गराएकी छिन् । 

फिल्म ‘रावायण’का लागि नायक अनमोल केसी पक्का भैसकेका छन् । भदौबाट यो फिल्मको छायांकन सुरु हुनेछ भने कार्तिकबाट फिल्म ‘फर्कि फर्कि’को छायांकन सुरु गर्ने तयारी अनमोलको छ । यो फिल्ममा भने अनमोल र जसिताको जोडी पक्का भैसकेको छ । 

जसिताको यो बर्ष फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ रिलिज भएको थियो । व्यापारिक रुपमा सफलता पाउन नसकेको यो फिल्ममा जसिताको कामले भने प्रशंसा पाएको थियो ।