प्रदीपको जोडी बेनिशा

नायिका बेनिशा हमालले नयाँ फिल्म साइन गरेकी छिन् । प्रदीप शाहीको निर्देशनमा बन्न लागेको एक अनटाइटल प्रोजेक्टमा बेनिशा फाइनल भएकी हुन् । यो फिल्ममा नायक प्रदीप खड्का फाइनल भइसकेका छन् । योसँगै फिल्मी पर्दामा पहिलो पटक बेनिशा र प्रदीपले जोडी बाँध्ने पक्का भएको छ । 

साइ–फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुन लागेको नयाँ फिल्मको कथा पनि निर्देशक शाहीले नै लेखेका हुन् । साई प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा ह्रयाम्साएर एकाउन्टेनको सहकार्य रहनेछ । फिल्मका लागि अन्य कलाकार तथा प्राविधिक पनि फाइनल हुन बाँकी छ । यो फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी हुन् । 

नायक प्रदीप खड्का हाल फिल्म ‘पूजार सार्की’को छायांकनमा व्यस्त छन् । यस्तै, नायिका बेनिशा हमाल अभिनित फिल्म ‘उपहार’ हलमा लागिरहेको छ । उनले हिन्दी फिल्म ‘दुर्गम’मा पनि काम गरिरहेकी छिन् ।