४४ दिनमा सकियो ‘द्रोपदी’को छायांकन

फिल्म ‘द्रौपदी’को छायांकन सकिएको छ । ४४ दिनमा यो फिल्मको छायांकन सकिएको हो । फागुनको अन्तिममा डोल्पाको दुनई, कालिका मन्दिरमा शुभसाइत गर्दै यो फिल्मको छायांकन सुरु गरिएको हो ।

फिल्मको शे फोक्सुन्डो तालमा इन्ड क्ल्याप गरिएको जानकारी निर्देशक ऋषिराज आचार्यले  दिएका छन् । यो फिल्ममा आश्विनी शाही, गायक रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमिल्सिना, विष्णु सुवास ठडराई, प्रकाश ज्ञवाली, सीता पौडेल, सुरज अधिकारी लगायतको अभिनय छ ।

मोहनकुमार झिल्लुको छायांकन, रवि ओडको संगीत, विजय आचार्यको कला निर्देशन रहेको यो फिल्मको निर्माता निर्देशक आचार्य, विष्णु  सुवास र प्रकाश ज्ञवाली छन् । खेमराज भण्डारी र ऋतु आचार्य सह–निर्माता रहेको फिल्मका सम्पादक अनिल महर्जन हुन् ।

नारी प्रधान यो फिल्मलाई मौलिक विषयवस्तुमा तयार पारिएको निर्देशकको दाबी छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।