बिक्कीको ‘कमेडी दरबार’मा बिजय बराल

हाँस्य कलाकार विक्की अग्रवालले नयाँ शो दर्शकमाझ ल्याउने तयारी गरेका छन् । यो शोको नाम ‘कमेडी दरबार’ राखिएको छ । यो शोमा कलाकार विजय बराल पनि देखिदैछन् । यो शोमा उनको भूमिका के हुने भन्ने खुलेको छैन । 

यसअघि विक्कीले ‘आम्मा कसम याँ दुख्छ’ दुई श्रृङ्खला सार्वजनिक गरेका थिए । तर, यो शोलाई उनले भद्दा बनाएको भन्दै चर्को आलोचना पनि भयो । यसपटक भने पूर्ण रुपमा पारिवारिक शो तयार गर्ने तयारी उनको छ । शोमा विक्कीसँग श्रद्धा प्रसाँइको पनि निर्देशन रहनेछ । 

विक्कीले ‘कमेडी क्लब विथ च्याम्पियन’ पनि निर्देशन गरेका थिए । नेपालमा कमेडी शोको बाढी नै आइरहेको छ । तर, अहिले भने दर्शकले कमेडी शोमा मन बनाएका छैनन् । यसैले, विक्की र श्रद्धालाई ‘कमेडी दरबार’लाई  दर्शक मैत्री बनाउनुपर्ने दबाब छ ।