‘भिजिट भिसा’ निर्माणको घोषणा

फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा भएको छ । छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मलाई सामाजिक कथामा निर्माण गरिने बताइएको छ । पहाडको खोँच, खोँचमा कुहिरो, हिमाली क्षेत्रलाई देखाउँदै यसको पोस्टर तयार पारिएको छ । 

फिल्मको पोस्टर हेर्दा भिजिट भिसामा बाहिरिने क्रम बढेपछि गाउँ नै रित्तो भएकोतर्फ यसले संकेत गरेको छ । मोती विष्टको प्रस्तुतिमा तयार हुने फिल्मका निर्माता टोपेन्द्र बिष्ट हुन् । फिल्ममा बिराज विष्टको कथा, यम थापाको पटकथा छ । विराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए ।

फिल्मका लागि कलाकार र निर्देशक भने फाइनल गरिएको छैन । निर्माणपक्षका अनुसार, फिल्ममा नाम चलेका कलाकारलाई नै अनुबन्धित गरिनेछ ।