यी पाँच परिवारिक शो जसले लकडाउनमा तपाइलाई सहायता गर्छ

अहिले विश्वभर कोरोनाको सन्त्रास छ । कोभिड १९ का कारण ३७ हजार भन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ ।

संक्रमण फैलिन नदिनको लागि अधिकांश मानिसहरु घरभित्र बसिरहेका छन् । यस्तो समयमा पुस्तक, फिल्म र टेलीभिजन कार्यक्रमहरुले मानिसहरुलाई केहि राहत र मनोरंजन प्रदान गर्न सक्छ । पाँच पारिवारिक शोहरु बारे कुरा गरौँ जसले तपाईहरुलाई घरमा समय बिताउन मद्धत गर्दछ ।

द गुड प्लेस (एनबिसी)

यो फेन्टासी कमेडि शोले  मृत्यु पछीको जीवनमा पुगेका चार पात्रको संघर्षको माध्यमबाट जीवनमा असल हुनुको अर्थको कथा भन्छ ।

 

अ सिरिज अफ अनफर्च्युनेट इभेन्टस् (नेटफ्लिक्स)

यो शो लेमोनी स्निकेटको पुस्तकमा आधारित रहेको छ ।

यो कथाले तीन फरक उमेर समूहका पात्रहरुको कथाको प्रतिनिधित्व गर्छ, – सानो शिशु, केटा र उसकी ठुल्दिदी । बुबा आमा गुमाइसकेपछी उनीहरुको संघर्षको कथा शोमा देख्न सकिन्छ ।

दिस इज अस (हट स्टार र प्राइम भिडियो)

यो एक पारिवारिक कथा हो । शोमा बाबु आमा र उनीहरुका तिम्ल्याहा सन्तानहरुको जीवनको विभिन्न कालखण्डको कथा रहेको छ ।

लेजेन्डस्  अफ टुमरो (हटस्टार)

‘लेजेन्डस् अफ टुमरो’ अमेरिकी सुपरहिरो सिरिज हो । यस सिरिजले सबै कुरालाई गम्भीरतापूर्व लिन सिकाउँछ र भविष्यमा चल्न सिकाउँछ । कमेडी शैलीमा लेखिएको यो शो एक पुस्तकमा आधारित श्रृंखला हो जसले अन्तिममा दर्शकहरुलाई निकै मनोरंजन दिन्छ ।

डिकिन्सन (एप्पल टिभी)

यो ऐतिहासिक सिरिज १९औ शताब्दीकी अमेरिकन कवयित्री एमिली डिकिन्सनको जीवनमा आधारित रहेको छ  ।

सिरिजमा भर्खरै लेखनमा पाइला टेकीरहेकी एमिलीको माध्यमबाट त्यतिबेलाको समाज, यौनिकता र परिवारको कथा बुनिएको छ ।