पुजना प्रधानले आक्रोश हुँदै भनिन् ? , ‘ दीपक दीपालाई महानायक नायिका बनाइदिनुपर्ने हो ?’

अभिनेत्री पुजना प्रधान आक्रोशित रुपमा सामाजिक सञ्जालमा आएकी छन् । दीपाश्री निरौलाले राजेश हमाललाई महानायक होइन भन्दा आफुलाई रिस उठेको  भन्दै आक्रोशित रुपमा फेसबुक लाइभमा भनेकी छन् ।  उनले एउटा महिला नारी भएर हिटहिट चलचित्र दिइरहनु भएको छ । एक दुइ वटा फिल्म हिट भयो भन्दैमा दीपामा इगो आएको बताएकी छन् ।

पुजनाले भनिन् ,‘ दीपाश्री महानायक हो र ? भन्ने प्रश्न रजतपट अंकलसँग गर्नुभयो । त्यो गलत छ । प्रकाश सुवेदीले दीपा श्रीलाई तपाई महानायिका बन्नुभयो भन्दा उहाँ महानायिका बन्नु हुन्छ त ?’ के भन्न खोज्नुभएको हो मैले त कुरै बुझिन । पुजनाले भनिन् , ‘महानायकले सारा जीवन फिल्मक्षेत्रमा नै विताएका छन् । उहाँले त्यो बाहेक अन्त काम गरे जस्तो पनि लाग्दैन । कुनै मिडियाले , कुनै कसैले महानायक बनाइदिएको होइन । उहँलाई अडियन्सले नै महानायक बनाइदिएको हो ’ भन्दै आक्रोशपुर्ण तरिकाले भनेकी छन् । हिरो भन्नका लागि लायकको नायक उहाँ नै हो भन्ने उनको भनाई छ । दीपाश्रीलाई आफुलाई सम्मान खोज्नुभएको छ भने अरुलाई पनि सम्मान दिन आग्रह गरेकी छन् ।

राजेश हमाल अहिले फिल्म खेलेको छैन भने महानायक होइन भन्ने प्रश्न नै होइन । नेपालमा जो चल्यो उसैको पछि लाग्ने चलनले गर्दा पहिलाको कलाकार छायाँमा परेको उनको भनाईछ । तपाईहरु पनि निर्माता निर्देशक हो तपाईहरुले पनि लिनुप¥यो नि ? भन्दै प्रश्न उठाएकी छन् ।पुजनाले भनिन् , ‘सानै उमेर देखि फिल्म क्षेत्रमा आएको हो । म फिल्म क्षेत्रमा आएको १२ बर्ष भइसक्यो । स्कुलबाट भागेर ‘आगो लाग्यो दिलैमा दक्कल बोलाइदेउ’मा खेलेको छु । अहिले पनि कोरस नाचेको देख्न सकिन्छ । ’त्यो बेलामा म १० बर्षको थिए । अहिलेसम्म ४०,४५ वटा फिल्म अभिनय गरेको छु । म सुपरस्टार बन्न सकिन तर सुपर स्टार हुन्थेँ । भोली गएर पुजना प्रदान पनि हिरोइन छ दीपाश्रीले भन्न बेर छैन । ’
यहाँ निर्माता निर्देशकलाई महानायक किन भनिएन भन्नु हुन्छ । सुन्दा पनि अचम्म लाग्छ । बलिउडको र नेपालको फिल्ममा किन कम्पायर गर्नुभएको हो । बलिउडको बजार र नेपालको फिल्मी बजार कत्रो छ भन्दै प्रश्न गरेकी छन् ।

राजेश हमालले अन्तरवार्तामा महानायक भएँ भनेर अरुसँग फिल्म नखेलेको भए तपाई पनि खेल्न पाउनुहुने थिएन भन्ने तर्क कति गहन सोचेर बोल्नुभएको छ भन्दै पुजनाले धरातल देखाइदिएकी छन् । ‘निर्माता र निर्देशकले उहाँलाई फिल्ममा नलिएपछि कसको के लाग्छ र ? उहाँमा के कमी छ । हिजो जस्तो उहाँ आज पनि उतिकै मात्रमा फिट हुनुहुन्छ तर जो चल्यो उसको पछि लागेका कारण पुराना कलाकार ओझेल परेका हुन् ।’ पुजनाले भनिन् ।

सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएकी पुजनाले दीपाश्रीको कुरा सुनेर आफु अचम्ममा परेको बताएकी छन् । भन्छिन् , ‘ परेको बताउदै उनले राजेश हमाललाई बच्चादेखि बुढासम्म सबैले चिनेको र देशदेखि विदेशसम्म पहिचान बनाएका उनको योगदानको कदर गर्नुपर्ने बताएकी छिन् ।

उनका भनेका कुराहरु भिडियोमा हेर्नुहोस्

https://www.facebook.com/watch/live/?v=384333282533233&ref=watch_permalink