पुर्व राजा ज्ञानेन्द्र शाहद्वारा लिखित पुस्तक सार्वजनिक

पुर्व राजा ज्ञानेन्द्र शाहद्वारा लिखित पुस्तक ‘सन्देश संग्रह’ प्रकाशित भएको छ । उनकी बुहारी तथा पुर्व युवराज्ञी हिमानी शाहले आफ्नो अफिसियल पेज मार्फत पुस्तक सार्वजनिक भएको जानकारी दिएकी हुन् ।

साथै उनले हाल २०००प्रति प्रकाशित भएको र पुस्तक बिक्री गरि प्राप्त सम्पूर्ण रकम समाज सेवामा खर्चिने लेखेकी छन् । उनी द्वारा संचालित हिमानी ट्रस्ट मार्फत जम्मा भएको रकम खर्च गरिने उनले लेखेकी छन् ।