शुभ मुहुर्तसँगै सुरु भयो सौगात र श्रृष्टीको ‘भाइरल गोर्खे’को छायांकन

कमेडी जनरामा निर्माण हुन लागेको फिल्म ‘भाइरल गोर्खे’को शुभ मुहूर्तसँगै छायांकन सुरु गरिएको छ । लमजुङको भुजुङ गाउँमा मंगलबार फिल्मका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरू सौगात मल्ल र लक्ष्मी गिरीले शुभसाइत सर्ट  दिएका थिए ।

यो फिल्मले सामाजिक संजालले पारेको सकारात्मक र नकारात्मक प्रभावको कथालाई प्रस्तुत गर्ने निर्माताको भनाई छ । यो फिल्ममा दर्शकले नयाँ स्वाद र गेटअपमा आफूलाई देख्न पाउने नायक सौगात मल्लको भनाई छ । यो फिल्ममा सौगात मल्ल र लक्ष्मी गिरी छोरा र आमाको भूमिकामा देखिदैछन् । 

फिल्ममा श्रृष्टी श्रेष्ठ, वुद्दि तामाङ लगायतका कलाकारको पनि अभिनय छ । महेश लामिछाने र विशाला ताम्रकारको निर्माण रहेको यो फिल्ममा अमर महर्जनको छायांकन छ ।

द जिएमआई एकेडमी र निर्भना फिल्म स्कुलको ब्यानरमा निर्माण हुने फिल्मलाई गोरखा र चितवनमा पनि खिचिनेछ ।