म भुवन केसी क्याम्पको मात्र होईन-अनमोल केसी

नेपाली सिने नगरिमा बेला बेला अनेकन हल्ला चल्ने गर्छ। कहिले वास्तविकतालाई लिएर त्यहाँ कहिले अफबाह फैलाउन। केही समय अगाडि नायक अनमोल के.सि लाई एक चलचित्रका लागि ५० लाख अफर गरिएको भन्ने गसिप न्युज भाईरल नै बन्यो। त्यती बेला गसिप भनिएको त्यो समाचार अन्तत नायक अनमोल के.सि ले सत्य भएको खुलास गरेका छन। चलचित्र ‘कृ’ को ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारहरुले गरेको यस बिषयको प्रश्नमा उनले जवाफ दिदै खबर साचो भएको र एक जन बाट मात्र होईन ३-४ जना बाटै अफर आएको बताए। अनमोल अहिले ‘कृ’ चलचित्र बाट सर्बाधिक पारिश्रमिक लिने कलाकार पनि बनेका छन।

बिभिन्न समयमा चर्चामा आईरहने अनमोल बेलाबखत पिता तथा सदाबहार नायक भुवन के.सि का कारण पनि चर्चामा आउने गर्छन्। बजारी हल्लाको कुरा गर्ने हो भने अनमोल भुवन के.सि क्याम्प भित्र छन स्वतन्त्र छैनन भन्नेहरु नेपाली सिने क्षेत्रमा निकै छन। भनिन्छ अनमोल कुनै चलचित्रमा आबद्ध हुन्छन भने सो चलचित्रके केही सेयर भुवन के.सि समेत को हुनु पर्छ, अर्को शब्दमा भन्दा निर्माताका रुपमा भुवन के.सि पनि रहनु पर्छ। ‘कृ’ ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारले यस बिषयमा प्रश्न राखेका थीए, भुवनले भने “उ भन्दा सिनियर कलाकार र उसको पिता समेत हुनुको नाताले उसले म सँग सर सल्लाह गर्नु आफ्नो ठाउँमा छ तर आजका मितिसम्म भुवन के.सि बनेर उसका कुनै पनि प्रोजेक्टमा मैले हस्तक्षेप गरेको छैन र भाबी दिनमा पनि गर्ने छैन। उ आफ्नो कामका लागि स्वतन्त्र छ।” सोही प्रश्नको जवाफ दिदै अनमोल के.सि ले भने “खै बाहिर त्यस्तै हल्ला रहेछ तर तपाईं आँफै हेर्नुहोस् मैले गरेका ५ फिल्म मध्य २ मा मात्र भुवन के.सि निर्माता हुनुहुन्छ बाँकी त मैले बहिरकै प्रोजेक्ट गरेको छु। म आफ्नो डिसिजन आँफै गर्छु।”