कुल बन्दा फाइदा छ साम्राज्ञी जी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका २ रुप एउटै फिल्मको कार्यक्रममा देखियो । केहि दिन अगाडि फिल्म ‘तिमी सँग’को ट्रेलर सार्वजनिक कार्यक्रममा साम्राज्ञीको उग्र रुप देखिएको थियो । मिडियालाई ट्याटु काण्डको दोष लगाउँदै उनी उम्कन खोजेकी थिइन् ।
साम्राज्ञीले मिडियासँग कुरै नगर्ने समेत भनेकी थिइन् । मिडियाकर्मीसँग साम्राज्ञी आक्रोशित भएपछि उनको यो कामको चर्को आलोचना भयो । नछोप्ने आफू, अनी हेर्यो भनेर अरुलाई गाली गरे जस्तै थियो साम्राज्ञीको व्यवहार ।

सायद, मिडियाकर्मीलाई चर्को रुपमा गाली गरेर घर गएपछि साम्राज्ञीले कुल भएर सोचिन् होला । यसैकारणले पनि उनी ‘तिमी सँग’कै गीत रिलिज कार्यक्रममा वुधबार भने कुल देखिइन् । मिडियालाई कार्यक्रममा आइदिनुभयो भन्दै धन्यवाद दिएकी साम्राज्ञी अहिले फिल्म प्रमोशनका लागि मिडियामा दौडधुप पनि गरिरहेकी छिन् ।
साम्राज्ञीले आज निकै कुल जवाफ दिदै जाडोको दृश्य आफ्नै भागमा पर्ने रहेछ भन्दै रमाइलो गरिन् । सायद, चर्किएर मिडियासँग बोलेपछि उनले कमजोरी महशुश गरेको हुनुपर्छ । यसैले उनी कुल बनिन् । हुनत, आज मिडियासँग उनको सवाल जवाफ पनि भएन । यसैले उनको रिसाहा अवतार नदेखिएको हो कि । तर, रिसाउनु भन्दा कुल बन्दा नै फाइदा छ है साम्राज्ञी जी ।