फिल्ममा फर्कने मनस्थितिमा निरुता

तुलसी घिमिरेको ‘दक्षिणा’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी नायीका निरुता सिंह पछिल्लो समय गुमनाम नै छिन । उनी यतिबेला मुम्बईमा आफ्नै व्यवसाय गरेर बसिरहेकी छिन ।

निरुताले नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गरेकी थिइन् । केहि समयअघि पनि निरुताले नेपाली चलचित्रमा कमब्याक गर्ने हल्ला चलेको थियो । तर यतिबेला भने निरुता आफैले चलचित्र क्षेत्रमा फर्कने उदघोष गरेकी छिन । केहि दिनअघि एक कार्यक्रममा अब दर्शकलाई राम्रो फिल्म दिने इच्छा भएको र राम्रो स्क्रिप्ट आयो भने नेपाली चलचित्रमा फर्कने बताएकी थिइन् । उनको यस्तो अभिव्यक्ति सुन्दा उनले अहिलेसम्म राम्रो स्क्रिप्ट नभएर चलचित्रमा अभिनय नगरेको प्रस्ट बुझिन्छ । प्रतीक्षा गरौ छिटै नेपाली चलचित्रमा देख्न पाइन्छ ।
साभार : गज्जब साप्ताहिक