रहरले मात्र दुब्लाइन्छ र बर्षा जी ?

अभिनेत्री बर्षा राउतको चर्चा अरु कारणले होस् या नहोस्, उनको शरीरका कारणले सधै हुन्छ । बर्षाले अब म दुब्लाउँछु भनेको पनि धेरै समय भैसक्यो । कहिले उनी दुब्लाउन अष्ट्रेलिया पुगेका खबर पनि सार्वजनिक भए । बर्षा कहिले अष्ट्रेलिया पुगेर दुब्लाउने कुरा गर्छिन् त कहिले खानै छाडेको कुरा गर्छिन् । बर्षालाई फिल्ममा मोटी देख्दा उनलाई अभिनेत्रीको भन्दा पनि अन्य क्यारेक्टर सुहाएको आरोप लाग्ने गरेको छ ।

हिरोइनहरु फिट देखिनका लागि कडा मिहिनेत गरिरहेका छन् । तर, बर्षा भने दुब्लाउने रहर मात्र गरिरहेकी छिन् । अष्ट्रेलिया पुगेर दुब्लाएर फर्किन्छु भनेकी बर्षा झनै मोटाएकी छिन् । उनले दिने एउटै जवाफ हुन्छ, अष्ट्रेलियाको बर्गरले ज्यान मोटायो । नेपालमा पनि उनी खानेकुरामा खासै कन्ट्रोल नै गर्दिनन् । झन्, प्रेमी संजोग कोइरालाको रेष्टुरेन्ट संचालनमा आएपछि बर्षालाई खान कसले रोक्ने । यसैले बर्षाको तौल घट्न सकेको छैन । आखिर, रहर मात्र गरेर दुब्लाइन्छ होला र ? यसका लागि त मिहिनेत गर्नुपर्छ होइन र ?