उसो भए साम्राज्ञीलाई किन १० लाख दिने ?

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ‘तिमी सँग’को प्रचारका क्रममा भनिन्–‘मेरा कारणले मात्र फिल्म चल्दैन ।’ साम्राज्ञीले यसो भनिरहँदा उनको महंगिएको बजारको चर्चा गर्न उपयुक्त हुनेछ । अभिनेत्रीले फिल्म ‘कायरा’का लागि १० लाख पारिश्रमिक लिइन् । यति पैसा लिएर उनी सबैभन्दा महंगी अभिनेत्री पनि बनिन् ।

कुनै कलाकार पारिश्रमिकको डिमाण्ड महंगो गर्छ र निर्माताले त्यो तिर्छ भने उसले त्यो उठाउने ल्याकत पनि राख्नपर्छ । साम्राज्ञीलाई निर्माताले १० लाख दिनुको कारण, उनको कारणले फिल्मको इनिसियल व्यापार राम्रो हुन्छ भनेर नै हो । होइन भने, साम्राज्ञीलाई मात्र त्यत्रो पैसा खर्च गर्न किन आवश्यक छ ? फिल्म ‘तिमी सँग’को रिलिज मिति नजिकिदै गर्दा साम्राज्ञीले मेरा कारणले मात्र फिल्म चल्दैन भनेर कतै आफूलाई पन्छाउन खोजेकी त होइनन् । साम्राज्ञीले आफ्नो कारणले फिल्म चल्ने बातावरण बनाउन आवश्यक छ । होइन भने उनलाई १० लाख किन तिर्ने ?