तिर्सना कि ऋचा हुन् सेलिव्रेटी ?

पर्खनुपर्छ सबैका दिन आउँछ भनिन्छ । अहिले, यस्तो लाग्दैछ कुनै समय अन्य अभिनेत्रीले खरो आलोचना गरेर चर्चामा आएकी मोडल तिर्सना वुढाथोकीको पनि दिन आएको छ । नेपाली मिडियाले तिर्सना बुढाथोकी, अर्चना पनेरुलाई बढी स्थान दिएको भन्दै अभिनेत्री ऋचा शर्माले खरो आलोचना गरेकी थिइन् । तर, अहिले उनै ऋचा तिर्सनाको फ्यान भएकी छिन् ।

वैशाख १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कोहलपुर एक्सप्रेस’मा अभिनेत्री ऋचा शर्मा ‘तिर्सना’ नामले दर्शकमाझ आउँदैछिन् । तर, ऋचाको यो भूमिका मोडल तिर्सना वुढाथोकीबाट प्रभावित भएको स्वयंम उनले नै स्विकार गरेकी छिन् । ऋचाले यसका लागि तिर्सनाको हाउभाउ, बोलिचाली बुझ्न ३ दिनसम्म उनका इन्टरभ्यू समेत हेरेकी छिन् । तिर्सना वुढाथोकीको बोल्ने शैलीको समेत ऋचाले प्रशंसा गरिन् ।
ऋचाले मात्र होइन, फिल्मका निर्देशक विशाल भण्डारीले पनि तिर्सनाको शैलीबाट क्यारेक्टर प्रभावित भएको बताए । फिल्मको पत्रकार सम्मेलनमा ३ अभिनेत्री भन्दा तिर्सना वुढाथोकी नै हाबी भइन् । कुनै समय यीनै अभिनेत्रीले खइरो खनेकी तिर्सनाको शैली अहिले यिनै अभिनेत्रीलाई मन परेको छ र फिल्ममा समावेश पनि गरिएको छ । अब, यहाँ प्रश्न उठ्छ, सेलिव्रेटी को ? ऋचा शर्मा या तिर्सना वुढाथोकी ? छुट्याउने जिम्मा दर्शकलाई नै ।