अनी भूवन केसीले पैसा तिर्नु पर्दैन ?

‘कृ’ गीत विवाद त सकिएको छ । तर, यो विवाद सकिदै गर्दा एउटा प्रश्न भने उठेको छ । के शम्भु प्रधानलाई ११ लाख रुपैयाँ तिर्ने जिम्मा निर्माता सुवास गिरीको मात्र हो त ? बिहिबार आयोजना भएको पत्रकार सम्मेलनमा आँशु चुहाउँदै निर्माता तथा अभिनेता भूवन केसीले शम्भु प्रधान ११ लाखमा बिकेको बताए ।

चलचित्र विकास बोर्डमा फिल्म दर्ता हुँदा सुवास गिरीको मात्र नाम भएपनि पछि निर्माताको रुपमा भूवन केसी पनि जोडिन आइपुगेका हुन् । अझ, गीतको अनुमती लिन्छु भनेर भूवन केसीले नै सुवास गिरीलाई भनेका हुन् र गीतको अंश फिल्ममा समावेश गरिएको हो । भूवन केसीले शम्भु प्रधानलाई एक पटक सोधिदिएको मात्र भएपनि, सुवास गिरी न त हिरासतमा बस्नुपथ्र्यो, न त ११ लाख जरिवाना नै तिर्नुपथ्र्यो ।पत्रकार सम्मेलनमा शम्भु प्रधानलाई नेपालमा आफूले स्थापित गरेको बताएका भूवनले एक पटक पनि सुवास गिरीले मात्र ११ लाख तिर्नुपर्दैन, म पनि यसमा हिस्सा छु भन्न सकेनन् ।
फिल्म रिलिजको समयदेखि विदेशमा हुने विभिन्न शोमा निर्माताको रुपमा नै भूवन पुगेका थिए । निर्माताको रुपमा चर्चामा आउने भूवन, तर कारवाही र पैसा दुबै भोग्नुपर्ने काम सुवासको मात्र किन ? भूवन केसीले पनि सुवासलाई यो समस्यामा साथ देखाए कति राम्रो हुन्थ्यो होला ?