संयम र आश्माले एक अर्कालाई पत्याए, दर्शकले पत्याएनन्

नेपाली फिल्म नगरिमा अहिले खुलम खुल्ला प्रेमको चर्चा हुन्छ । कुनै समय कलाकार प्रेममा परेको कुरा मिडियामा अनाइदिएहुन्थ्यो जस्तो गर्थे । तर, अहिले मिडियामै प्रेमको कुरा गरेर रमाउँछन् । प्रेमको कुरा गर्दा अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसीको नाम छुटाउन मिल्दैन । यो जोडी लामो समयदेखि प्रेममा छ । प्रेम पनि पुरै गहिरो । एक अर्कालाई औधी प्रेम गर्ने यो जोडीको प्रेमले धेरैको मन छुन्छ ।

संयम अहिले अमेरिका जाने चक्करमा छन् । उनले, नेपालबाटै ग्रिन कार्ड एप्लाई गरिरहेका छन् । संयम नेपाली फिल्ममा राम्रो कलाकारको रुपमा उदाएका थिए । तर, उनलाई दर्शकले पत्याएनन् । केहि फिल्ममा काम गरेपनि संयमलाई दर्शकले खासै पत्याएनन् । आश्माले पनि केहि फिल्म खेलिन् । तर, उनलाई पनि दर्शकले पत्याएनन् ।
संयम र आश्माले एक अर्कालाई रियल लाइफमा नै पत्याए, तर दर्शकले यी दुइलाई नै रिल लाइफमा पत्याएनन् । केहि जोडी प्रेम चर्चाले फिल्म र बाहिर हिट छन् । तर, संयम र आश्माको प्रेम फिल्मको पर्दामा चलेन, पर्दा बाहिर यी दुई रमाएका छन् ।