मनीषाले पुस्तक लेख्ने

नायिका मनिषा कोइरालाले क्यान्सर भएपछि बिताएका जटिल समको स्मरण समेटेर पुस्तक लेख्ने भएकी छन् । क्यान्सर रोगसँग संघर्ष गरेर सफल उपचार गराएकी उनले त्यस बेलाको कठिन क्षण समेटेर पुस्तक लेख्ने तयारी गरेकी हुन् ।


राजधानीमा आयोजित एक कार्यक्रममा कोइरालाले पाँच वर्षअघि चिकित्सकले आफूलाई क्यान्सर भएको भनेपछि स्तब्ध भएको स्मरण गरिन् ।समयमै रोग पत्ता लागेकाले उपचार भएको बताउदै उनले स्वस्थ्य जीवनशैली र खानपिनका कारण क्यान्सर लाग्ने सम्भावना कम हुने बताइन् ।
समयमै क्यान्सर पत्ता लगाउनसके ८० देखी९० प्रतिशत निको हुन्छ उनले भनिन् ।