मालाको करिअर आइटमले पनि थेगेन

फिल्म ‘वान वे’बाट फिल्म क्षेत्रमा डेब्यू गर्दै गर्दा हट सुन्दरी माला लिम्बुले केही गर्छिन् कि भन्ने आशा फिल्मीकर्मीमा थियो । माला पनि फिल्म क्षेत्रमा धेरै काम गर्ने जोशका साथ यहाँ छिरेकी थिइन् । तर, यो फिल्म नै नचलेपछि मालालाई धक्का लाग्यो । धक्का पनि यस्तो लाग्यो कि उनी उठ्न नै सकिनन् ।
यो बर्ष नै रिलिज भएको फिल्म ‘पर्व’मा उनी अभिनेत्री पनि बनिन् । फिल्ममा राखिएको ‘काले दाई काले दाई’ बोलको गीतले हंगामा नै मच्चायो । आइटममा अभिनेत्री मालाले नै नृत्य गरेकाले उनी पनि उभो लाग्ने आशा गरियो । तर, असफल फिल्मले डुबाएको करिअरलाई हिट आइटमले पनि केही गर्न सकेन । अहिले, अभिनेत्री माला लिम्बु केहि म्यूजिक भिडियोमा काम गरिरहेकी छिन् । शुद्ध नेपाली बोल्न नजान्नु, अभिनय फितलो हुनुले उनलाई फिल्म क्षेत्र फापेन ।
आखिर, हट बनेर पनि नचलिने रहेछ भन्ने मालाले बुझिन होला । उनले, अभिनय सिक्दै छिन् भन्ने सुनियो भने त्यो उनका लागि र सबैका लागि पनि सुखद खबर हुने थियो ।