दीपकलाई प्रियंकासँगको जोडी पुगेछ क्या !

अभिनेत्री प्रियंका कार्की कुनै पनि इन्टरभ्यू होस् या फेसबुकमा नै किन नहोस्, अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलालाई फुर्काउन पछि पर्दैनन् । आफू त दीपक र दीपाको परिवारकै सदस्य हुँ भन्न समेत प्रियंका पछि पर्दिनन् ।
सायद, प्रियंकाको यस्तो बानी र ब्यबहारका कारणले पनि होला दीपक र दीपाले बनाएको फिल्ममा प्रियंका छुट्दिनन् । तर, चिनी पनि धेरै खायो भने तितो हुन्छ भन्छन् ।

अभिनेत्री प्रियंका कार्कीको विकल्प खोज्दै अहिले फिल्म ‘छक्का पन्जा ३’का अभिनेता तथा निर्माता दीपकराज गिरीले अहिले अभिनेत्री खोजी गरेका छन् । दीपक र दीपाले हिरोइन छान्न नसकेर दोधारमा रहेको खबर आउन थालेका छन् । यसको अर्थ, दीपक प्रियंकालाई यो पटक परिवर्तन गर्न चाहन्छन् । तर, यसका लागि उनले विकल्प पाइरहेका छैनन् । दीपक चलेकै अर्की अभिनेत्रीलाई लिएर फिल्म बनाउन चाहन्छन् । यो पटक दीपकको फिल्ममा एक जना मात्र हिरोइन हुने चर्चा छ ।
लगातार होम प्रोडक्शनका ३ र बाहिरी ब्यानरको १ वटा फिल्ममा जोडी बनाएपछि दीपकका लागि प्रियंका अब धेरै भइछन् क्या । यसैले, अहिले दीपक र दीपा नयाँ अभिनेत्री भित्राउने सोचमा पुगेका छन् । अब, प्रियंकाले के गर्लिन् कुन्नी ?