बर्षा र मिलनको निकटता

निर्देशक मिलन चाम्सको काम गर्ने शैली रमाइलो छ । उनी आफ्नो फिल्मकी हिरोइनसँग निकै नजिक हुन्छन् । उनले, फिल्म ‘हँसिया’ बनाउँदा त्यसकी अभिनेत्री हेमा श्रेष्ठसँग उनी नजिक भए । हेमालाई बहिनी भन्दै उनले निकै प्रमोशन पनि गरे । तर, फिल्म चल्ने बेलामा हेमाले साथ नदिएपछि अबदेखि कसैलाई पनि बहिनी नबनाउने भन्दै उनले गुनासो गरे ।
फिल्म ‘ब्लाइन्ड रक्स’ निर्देशन गर्ने समयमा मिलनको निकटता अभिनेत्री वेनिशा हमालसँग देखियो । बेनिशाको प्रशंसा गरेर उनी थाकेनन् । अहिले यो फिल्म चलेर उत्रिसकेको छ । बेनिशा र मिलन सार्वजनिक कार्यक्रममा खासै देखिएका छैनन् । अहिले, फेरि मिलनको निकटता अभिनेत्री बर्षा सिवाकोटीसँग देखिएको छ ।
बर्षा मिलनले नै निर्देशन गरेको फिल्म ‘लिलिबिली’को प्रेश शोमा समेत उपस्थित थिइन् । बर्षा र मिलन अहिले नजिक भएको फिल्म क्षेत्रमा चर्चा हुन थालेको छ । बर्षालाई लिएर मिलनले फिल्म ‘बिर विक्रम २’ निर्देशन गर्दैछन् । मिलनको निकटता अभिनेत्रीहरुसँग बढी देखिन्छ । हेमा, वेनिशादेखि बर्षासम्म आउँदा फिल्म बनाउने मेशिन नै बनेका मिलन अभिनेत्रीहरुसँग मात्र क्लोज देखिएका छन् ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_mMerQCaPpX_pvpumaixev1rmejvcikqdh3mwbf9wc8fyusl4elg0qjvvgviiyahuyyem1lf.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया