अनमोललाई शुभकामना दिन सुष्मिता र जियाको प्रतिस्पर्धा

सुष्मिता बमजन र जिया केसीबीच एउटा समानता छ । त्यो समानता हो दुवै भुवन केसीसँग जोडिएका नाम हुन् । सुष्मिता भुवनकी पूर्व पत्नी हुन् भने जिया भुवन केसीकी अहिलेकी लिभिङ टुगेदर पार्टनर ।
बिहीबार एनएफडिसी अवार्डमा अनमोल केसीले फिल्म ‘कृ’बाट उत्कृष्ट अभिनेताको अवार्ड पाए । अनमोलले यो अवार्ड पाएपछि को को खुशी भए थाहा छैन तर सुष्मिता र जियाको खुशी भने फेसबुकमै पोखिएको देखियो । दुवैले एकै समयमा अनमोललाई अवार्डका लागि शुभकामना दिएका थिए । सुष्मिताले अनमोललाई ‘जान’भन्दै अवार्डका लागि शुभकामना दिएकी छिन् भने जियाले ‘अमु’भन्दै शुभकामना दिएकी छिन् ।

सुष्मितासँग डिभोर्स गरेका भुवन केसी हाल जियासँग बस्दै आएका छन् । भुवन केसीले जियालाई स्कटल्यान्डदेखि सिक्किमसँगै लिएर गएपछि दुवैको सम्बन्ध सतहमा आएको थियो । तर भुवनसँग जियाको यो हिमचिम सुष्मितालाई बिझाउने गरेको छ । यसैले उनले बेला बखतमा जियालाई फेसबुक स्ट्याटसमा झटारो हान्ने गरेकी छिन् । पुर्व पत्नी र लिभिङ टुगेदर पार्टनर फेसबुकमा बधाई दिन प्रतिस्पर्धा गरिरहँदा भुवनले भने अनमोलको पोस्ट सेयर मात्र गरेका छन तर कुनै प्रतिकृया जनाएका छैनन ।
जेसुकै होस् अनमोललाई शुभकामना दिन देखिएको दुवैको प्रतिस्पर्धा भने हेर्न लायक छ ।