नामै हैरान, काम नै हैरान

फिल्मको नाम जे हो, त्यही अनुसारको प्रतिफल हुने हो भने अधिकांश निर्माताले ‘अर्वपति, खर्वपति’ नाम राखेर फिल्म बनाउथे होलान् । तर, नाम अनुसार सबै हुँदैन । तर, कलाकार गजित बिष्टका लागि फिल्मको नाम अनुसारकै काम भैरहेको छ । उनले छोरा सौगात बिष्टलाई निर्देशनको जिम्मा दिएर फिल्म ‘हैरान’ बनाउन कस्सिए । फिल्मको छायांकन भएको २ बर्ष बढी भैसक्यो । अहिले, फिल्मको नाम अनुसार नै उनलाई र उनको टिमलाई हैरान भएको छ ।
पहिले त फिल्मको छायांकन सक्न नै हैरान भयो । बल्लतल्ल काम सकियो । यसपछि, सम्पादनमा नै हैरान भयो । ४ घन्टाको दृश्य खिचियो । जसलाई २ घन्टामा झार्नु अर्को हैरानी । यसपछि, फिल्ममा लगानी गरेका निर्माताले हात झिके, झनै हैरानी । अहिले प्रचारमा आफै दौडिएका छन्, खर्च पनि आफै गरेका छन्, हैरानी नै हैरानी । अब, हुँदा हुँदै फिल्मको प्रदर्शन मिति बल्लतल्ल तोकिएको थियो । त्यो पनि सर्ने संभावना छ । जेठ २ गतेबाट चलचित्र निर्माता संघले आन्दोलनको तयारी थालेको छ । यदि, आन्दोलन भयो भने ‘हैरान’ जेठ ४ गतेबाट चल्दैन । फिल्म सो मितिमा चलेन भने प्रचारका लागि खर्च गरिएको रकम, दौडधुप खेरा जान्छ । फेरि पनि हैरानी नै हुन्छ । गजित त हिजोआज भन्न थालेका छन्–‘हैरान’ले हैरान नै बनायो ।

कुन्साङको सेल्फीमा आकाश र करुणा

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_zJqjQtsu9A_8axkaglzbcp0xe1mxenmiic6kwdyawqehyjouxtftm2dtmvw24mf4lvorynl.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

प्रतिक्रिया