निर्देशक निकाल्दै आफै निर्देशक रेखा

कतिपय कलाकारलाई निर्देशक बन्न खुबै गाह्रो हुन्छ । कोही आफ्नै होम प्रोडक्टको फिल्मबाट निर्देशक बनेका छन् । कसैले फिल्मको निर्देशन गर्न लामै समय लगाएका छन् । कलाकार दीपाश्री निरौला, अभिनेत्री झरना थापाको निर्देशन यात्रा सफलतातर्फ उन्मुख छ । उनीहरु, आफ्नै शैलीमा फिल्म निर्देशन गरिरहेका छन् । तर, अभिनेत्री रेखा थापाको निर्देशक बन्ने शैली भने अरुको भन्दा फरक छ । उनी, सुरुमा आफै फिल्म निर्देशन गर्ने हिम्मत गर्दिनन् । तर, पछि विभिन्न कारणले उनी निर्देशक बनिरहेकी छिन् ।

रेखाले निर्माण गरेको फिल्म ‘हिम्मतवाली’को निर्देशक श्याम भट्टराई थिए । श्यामले फिल्मका लागि लामै समय तयारी गरे । तर, फिल्मको छायांकन हुँदा हुँदै श्यामलाई फिल्मको निर्देशनबाट उनले निकालिन् । श्यामले गरेको तयारीमा रेखा आफै निर्देशक बनिन् । निर्देशक फिल्मबाट निकालेपछि अर्को निर्देशकले काम गर्न तयार हुने अवस्था थिएन । यसैले रेखा कागतालीमा निर्देशक बनिन् । अब, फिल्म ‘मलिका’मा पनि रेखाको सोही स्टाइल लागू भएको छ । ‘मलिका’को नाम सुरुवातमा ‘लाल मस्तिष्क’ राखिएको थियो । निर्देशक संझना रौनियारले यो फिल्म निर्देशन गर्ने फाइनल भएको थियो । तर, खै के भयो कुन्नी संझना र रेखाको पनि कुरो मिलेन । संझना फिल्मको निर्देशनबाट पछि हटिन् ।
संझना पछि हटेपछि रेखा अहिले ‘मलिका’ फिल्म आफै निर्देशन गर्न तम्सिएकी छिन् । रेखा आफूले अनुवन्धित गरिसकेका निर्देशकलाई ननिकाली सुरुवातदेखि नै आफै निर्देशक बन्न सक्दिनन् क्या ?