अब त बेला भएन र भन्या राजेश दाई?

महानयक राजेश हमाललाई कुनै बेला जसले पनि प्रश्न गथ्र्यो, राजेश दाई कहिले बिहे गर्ने ? उमेरले बुढेशकाल टेक्दा–नटेक्दै मधु भट्टराईसँग लगनगाँठो कसेर यस्तो सोध्नेहरुको मुखमा बुझो लगाइदिए, राजेशले । उमेर ढल्किँदै जाँदा पनि बिहे गर्ने सुरसार नदेखाएपछि राजेशका नाममा हजारौं जोक्सहरु बने । उनको बिहेपछि ती सबै जोक्स स्वतः फिका नै भए । तर, अब पनि राजेश हमालमाथि प्रश्नको आइरो भने घटेको छैन । हिजो बिहेका बारेमा सोध्नेहरुले अहिले राजेश हमाललाई सन्तान प्राप्तीका बारेमा सोधेर हैरान गर्दैछन् । राजेश हमाल बुबा कहिले बन्छन् भन्ने चासो धेरैलाई छ ।

सन्तान पाउने-नपाउने, कति पाउने र कहिले पाउने भन्ने कुरा नितान्त व्यक्ति हुन् । तर, पनि सेलिब्रेटी भएपछि उनीमाथि प्रश्न आउनु अस्वभाभाविक पनि भएन । त्यसैले होला राजेश आफ्ना अन्तरवार्ताहरुमा पनि यस्तो प्रश्नको जवाफ ठट्यौली पारामा दिइरहेका हुन्छन् । मसला बनाउन मिल्ने विषय भएकाले पनि होला राजेश भेट्ने मौका पाउनासाथै पत्रकारहरुले पनि उनलाई यही प्रश्न तेर्साउँछन । एउटा भिडियो अन्तरवार्तामा राजेश हमाललाई सोधिएको छ–दाई कुनैबेला बिहे कहिले हुन्छ कहिले हुन्छ भनेर सोध्थ्यौं, अब त तपाईंको बाबु कहिले बन्नुहुन्छ भन्नेमा सबैको चसो छ, कहिले होला त बच्चा ? राजेशले ठट्यौली गर्दै हाँसोका उत्तर दिएका छन्,–‘प्रयास जारी छ । प्रयास निरन्तर जारी छ ।’

पत्रकारले पनि ठट्यौली गर्दै अघि सोध्छन्–पोखरामा राजेश हमालले एउटा खुट्टा टेक्दा ताल नै बनेको थियो । एउटा बच्चा पाउन राजेश हमाललाई किन यति गाह्रो पर्यो होला त ? यसमा राजेशले कुटनीतिक उत्तर दिएका छन् । भनेका छन्,–अझ यो कलकलाउँदो उमेर त बाँकी नै छ । के हतार छ ? के बिग्रेको छ ?’ पटक–पटक प्रश्न तेर्सिएपछि अन्तर्वातामा उनले यो प्रश्नमाथि गम्भिर रुपमा पनि उत्तर दिएका छन् र प्रष्ट्याउँदै भनेका छन् ‘यो पारिवारिक कुरा भयो, नितान्त व्यक्तिगत कुरा पनि भयो । सबै खालको चाँजोपाँजो मिल्नुपर्यो । उचित वातावरण बन्नुपर्यो । त्यसकारण यो सबै कुरा सार्वजनिक गर्न मिल्दैन । बच्चा भनेको, परिवार भनेको आफ्नो घर व्यवहारको कुरा पनि भयो, आपसी सल्लाहको कुरा पनि भए ।’
उनले यसो भनिरहँदा अन्तरवार्तामासँगै देखिएका केदार घिमिरे माग्ने बुढाले राजेशको छोरा जन्मिए ‘राम’ नाम राख्नुपर्ने सुझाव दिएका छन् । उनले राजेश र मधुको नामको पहिलो अक्षर झिकेर यो नाम राख्नुपर्ने सुझाव दिएका छन् । तर राजेश हमाललाई भने अझै जवानीले छोडेको छैन । अब त बेला भएन र भन्या राजेश दाई ?
सन्दर्भ सुत्र इन्टरटेन्मेन्टले लिएको भिडियो अन्तर्वाताको हो । भिडियो लिन्क: