‘गाँठो’मा अड्किएकी नम्रतालाई फेरि ‘माछा माछा भ्यागूतो’ हुने त होइन ?

कलाकारलाई कहिलेकाही नामले नै मुश्किल बनाइदिन्छ । ‘गाँठो’बाट फिल्म यात्रा थालेकी अभिनेत्री नम्रता श्रेष्ठलाई नामले नै अप्ठ्यारो बनाइदियो । यो नाममा अर्की अभिनेत्री चर्चित भैसकेकाले पनि नम्रतालाई फिल्म लाइनमा उभिन मुश्किल भयो । यसमाथि, फिल्मले दयनिय व्यापार गरेपछि त नम्रताको करिअरको गाँठो अड्कियो ।

यो फिल्म असफल भएपछि नम्रता हराइन् । नम्रतालाई फिल्ममा लिने आँट निर्माताले खै किन गरेनन् ? तर, नम्रता फिल्ममा देखिइनन् ।

तर, नम्रतालाई अहिले सौगात मल्ल, बिजय बराल जस्ता कलाकारले काम गर्न लागेको फिल्म ‘माछा माछा’ मिलेको छ । यसैले पनि नम्रता श्रेष्ठ उत्साहित हुनुपर्ने हो ।

फिल्म क्षेत्रमा अल्झिएको गाँठो माछा माछाबाट खोल्न सकिने विश्वास उनको होला । तर, फिल्मको ब्यानर र अन्य कलाकार हेर्दा नम्रतालाई सजिलो भने छैन । किनकी, फिल्मको प्रचारदेखि व्यापारको क्रेडिट लिनका लागि सौगात, बिजयदेखि निर्माता रामबाबु गुरुङ नै तयार छन् ।

यस्तो अवस्थामा, ‘माछा माछा’ फिल्म नम्रताका लागि ‘माछा माछा भ्यागूतो’ हुने त होइन ?
फोटो : नम्रता श्रेष्ठको फेसबुकबाट