एलिसाले सोच्या जस्तो भन्या के हो ?

पत्रकार सम्मेलनमा कलाकारहरु बोल्न नजान्दा चिप्लिन्छन् । नयाँ कलाकारमा यो समस्या धेरै हुन्छ । अभिनय मात्र होइन, कलाकारले बोल्न पनि जान्नुपर्छ यसै भनिएको होइन ।

फिल्म चिमुसीचीकी मुख्य हिरोइन एलिसा शर्मालाई पनि बोल्न नजान्दा यस्तै समस्या आएको छ । यो फिल्मको गीत रिलिजको कार्यक्रम राजधानीको क्यूज हलमा राखिएको थियो । एलिसाले बोल्ने क्रममा आफूले सोचेजस्तो भूमिका पाएको भन्दै दंग परिन् ।

तर, एलिसाले सोचेजस्तो भूमिका भनेको के रहेछ ? एलिसाले यो भने खुलाउन नमिल्ने बताइन् । मैले सोचेजस्तो भूमिका गर्न पाएकी छु, अरु फिल्म रिलिज भएपछि थाहा हुन्छ भन्दै एलिसा तर्किइन् । उनले, सोचेजस्तो भूमिकालाई दर्शक र संचारकर्मीले के भनेर वुझ्ने ?

एलिसाले सोेचेजस्तै भूमिका भनेर अड्किनुको कारण फेरि अर्कै रहेछ । फिल्मका निर्देशकले हिरोइनलाई भूमिकाको बारेमा कुनै कुरा नखोल्नु भनेका रहेछन् । निर्देशकले भनेको त एलिसाले मानिन्, तर त्यसलाई मिलाएर बोल्न जानिनन ।
फिल्मको गीतमा विकिनी लगाएकी एलिसाले सोचेजस्तो भूमिका भनेको यस्तै रहेछ भनेर वुझे हुन्छ ?