डिभोर्सपछि रीमाको मस्ती मुड

भारतीय फिल्मतिर हेर्दा श्रीमानसँग डिभोर्स गरेपछि हिरोइनहरु कि त हराउँछन् कि त मस्ती मुडमा देखिन्छन् । मलाइका अरोडा खान, सुजैनहरुको तस्बिर हेर्दा यो कुराको महशुश हुन्छ ।

नेपालमा त डिभोर्सका घटना त्यती धेरै छैनन् । तर, जति छन् चर्चित बनेका छन् । बिहे गरेको २ बर्षपछि अभिनेत्री रीमा विश्वकर्माले पनि डिभोर्स गरिन् । रीमाका पति फिल्म लाइन भित्रकै थिएनन् । डिभोर्सको खबर आएपछि रीमा एक साता डिस्टर्भ भइन् । त्यसपछि उनी काममा नै लागिन् ।

फिल्ममा रीमाको उपस्थिती छैन । म्यूजिक भिडियोमा फाट्टफुट्ट छ । एपी वान टेलिभिजनबाट आउने नेपाल आइडलको होस्ट बनेकाले पनि रीमालाई दर्शकले विर्सेका भने छैनन् ।

रीमाको मस्ती मुड हेर्दा अब उनी आफूलाई अर्कै चिराबाट अगाडी बढाउँदैछिन् भन्ने थाहा हुन्छ । घुमफिरमा मस्त रीमा आफ्नो विगतलाई बिर्सन चाहन्छिन् । रीमाको बैबाहिक जीवन कुनै सपना जस्तो देखिन्छ । २ बर्षमा बिहे अनी डिभोर्स कुनै सेलिव्रेटीको भएको छैन ।

रीमा यो कुरा विर्सिएर नयाँ जीवन अपनाउन चाहन्छिन् । उनको स्विमिङ सुट पहिरन र मस्ती मुडले यो कुराको संकेछ गर्छ ।