ब्रान्ड फिल्मले नजोगाएको ऋचाको फिल्मी यात्रा

चलेको, ब्रान्ड बनेको फिल्ममा काम गर्दैमा स्टार भइन्छ भन्ने भ्रम नपाल्दा हुन्छ । यदि, यस्तो भ्रम छ भने हिरोइन ऋचा सिंह ठकुरीलाई हेर्दा पनि हुन्छ । ऋचा सिंह ठकुरीले नाई नभन्नु ल जस्तो फिल्ममा काम गरेकी थिइन् । ऋचालाई निर्देशक विकास आचार्यले धर्म छोरी बनाएका थिए । विकासको नाई नभन्नु ल को सिक्वेलमा खेल्न जस्ता चलेका कलाकार पनि तयार हुन्छन् ।

ऋचालाई विकासले फिल्म म तिम्रो भैसकेमा पनि काम गराएका थिए । दुबै सिनेमाले हलमा कमाई पनि गरेका हुन् । तर, ऋचा सिंहको माथि तिर बग्नु पर्ने फिल्मको यात्रा तल तिर किन बग्यो ?

ऋचालाई विकास र उनको ब्रान्ड फिल्मले जोगाउन सकेन । अहिले ऋचाले बिहे गरिसकेकी छिन् । ऋचाले नै बनाएको सुपर गोर्खे फिल्म प्रदर्शन हुन नसकेर धकेलिएको धकेलिएकै छ । ऋचाले अभिनय गरेको अर्को फिल्म यो पागल मनको ट्रेलर पनि रिलिज भयो । ट्रेलरबाटै थाहा हुन्छ, फिल्म कस्तो बनेको छ भन्ने ।

ऋचा अहिले नेपालमा छैनन् । चलेका ब्यानरका फिल्म खेलेर कैयौ कलाकारले भविष्य बनाएका छन् । तर, ऋचालाई विकास र नाई नभन्नु ल ५ ले पनि जोगाउन सकेनन् ।

काम गर्न सके हिट, नसके जसले उचालेपनि फ्लप नै हो । यो पाठ ऋचाबाट अरु कलाकारले सिक्दा पनि हुन्छ ।