अशिष्मालाई याद आयो फिल्मी दुनियाँ

बिहे गरेपछि अभिनेत्री अशिष्मा नकर्मी गुमनाम छिन् । उनको बिहे भएको केही महिना मात्र भयो । अभिनेत्री अशिष्माले बिहेपछि फिल्म लाइनमा नआउने बताएकी थिइन् ।
नयाँ बानेश्वरमा रहेका एक व्यापारीसँग उनको बिहे भएको हो । अशिष्माले बिहे गरेपछि फिल्म लाइनमा नआउने बताएपनि उनलाई फिल्म लाइनको यादले भने सताउन थालेको छ ।
अशिष्माले आफ्नो सोसल मिडियामा पोष्ट गरेको एउटा तस्बिरले पनि त्यो कुरा झल्को दिन्छ । उनले, एउटा कार्यक्रममा लगाएको सेक्सी पहिरनसहितको फोटो पोष्ट गरेकी छिन् ।
उक्त फोटोमा अशिष्माले केही त लेखेकी छैनन्, तर बिहेपछि अशिष्माका यस्ता तस्बिर कम आएका थिए ।
बिहे गरेर फिल्म लाइनमा नआउने बताएका कतिपय हिरोइनहरु फर्किएका छन् । अशिष्मालाई पनि फिल्म लाइन, संचारमाध्यममा हुने हल्लाखल्लीले सताउन थालेको छ । यसैले उनी आफ्ना पुरानै तस्बिर सोसल मिडियामा राखेर भएपनि चित्त वुझाइरहेकी छिन् ।
अशिष्माले फिल्म लाइनमा नआउने त बताइन् । तर, के उनलाई फिल्म लाइनको मोहले धेरै दिनसम्म एक्सन र कट भन्दा बाहिर राख्न सक्ला त ?

कुन्साङको सेल्फीमा आकाश र करुणा

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_zJqjQtsu9A_8axkaglzbcp0xe1mxenmiic6kwdyawqehyjouxtftm2dtmvw24mf4lvorynl.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

प्रतिक्रिया