शिल्पामा स्टाइल रेखाको

शिल्पा पोखरेललाई अभिनेत्री कम, छविराज ओझाकी प्रेमिका भनेर चिन्ने धेरै छन् । शिल्पाले सिनेमामा आउने वित्तिकै आफ्नो परिचयमा यस्तै कुरा भरिदिइन् । उनलाई हिरोइन रेखा थापालाई विस्थापित गरिदिने हिरोइन भनेर पनि चिनाइयो ।

तर, छविसँग नाम जोडिनु भन्दा शिल्पाले परिचयमा थप कुरा थप्न सकेकी छैनन् । शिल्पामा हिरोइन रेखा थापाको झल्को आउँछ । रेखा सिनेमामा हाबी हुन्थिन् । उनी, सिनेमामा महिला भूमिकालाई बबाल बनाउन लाग्थिन् । शिल्पामा पनि सोही देखिएको छ । शिल्पालाई फिल्म हेर्नेहरुले प्रेमिका भन्दा भिलेन कुट्ने हिरोइन भनेर बढी रुचाएका छन् । रेखालाई पनि त्यसरी नै रुचाएका थिए ।

शिल्पाले काम गरेको विराङ्गना फिल्मको ट्रेलर आएको छ । यो ट्रेलर हेर्दा रेखाको झझल्को आउँछ । उनको फाइट गर्ने स्टाइल, डाइलग बोल्ने तरिका सबै रेखाको जस्तो लाग्छ । शिल्पामा रेखाको गुण सरेको छ । शिल्पामा रेखाको अभिनयको तरिकाको गुण सरेपनि स्टार बन्ने गुण भने सरेनछ । नत्र, शिल्पाले सिनेमामा त्यस्तो परिचय बनाएकी छैनन् ।