बच्ची साम्राज्ञी नै आर्यनकी चुनौती

स्टारडम उमेरले भन्दा पनि समयले बनाउँछ भन्ने हिरो आर्यन सिग्देललाई थाहा छ । अहिले, उनको स्टारडम भन्दा हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहको स्टारडम माथि छ । फिल्म कायरामा आर्यन सिग्देलले साम्राज्ञीलाई लिनुको कारण पनि यहि नै हो ।

कायरा कहिले रिलिज हुन्छ भन्ने अड्कल गर्दा गर्दै साउन १८ मा सरप्राइज दिने आर्यनको तयारी छ । आर्यनले साम्राज्ञीको साथ पनि राम्रो पाएका छन् ।

तर, आर्यनका लागि त साम्राज्ञी बच्ची नै हुन् । साम्राज्ञीले आर्यनको फिल्म मेरो एउटा साथी छ पहिलो पटक हेर्दा उनी ८ क्लासमा पढ्थिन् । यसैले, साम्राज्ञीले आर्यन भन्दा आफू धेरै बच्ची रहेको पुष्टी गर्न पनि खोजिन् । साम्राज्ञीको यो कुराले आर्यन मुख छोप्न वाध्य भए । तर, उनै बच्ची हिरोइन साम्राज्ञी आर्यनका लागि चुनौती बनिरहेकी छिन् । आर्यनले साम्राज्ञीलाई नै हेरेर कायरा लेखेको बताएका थिए ।

राजधानीको क्यूज हलमा फिल्मको ट्रेलर रिलिज गर्न आयोजित पत्रकार सम्मेलनमा आर्यन र साम्राज्ञीले दिल खोलेर मिडियामा कुरा गरे । आर्यनले अब आफूले नराम्रो फिल्म नगर्ने वाचा गरेका छन् । यसैले, राम्रो कथामा मात्र काम गर्ने आर्यनले बताए ।

कुरै कुरामा आर्यनलाई बाबु कहिले बन्ने भन्ने प्रश्न पनि पत्रकारले गरे । यसमा आर्यनले, साउन १८ मा आफ्नो बच्चा जन्मने बताएका थिए । आर्यन र साम्राज्ञीविच ट्रेलरमा जोडी जमेको छ । तर, बच्ची हिरोइन र बाबु बन्न तयार हिरोलाई दर्शकले पत्याउलान् कि नपत्याउलान् ?