एकातिर छुट्दै अर्कोतिर जुट्दै प्रदिप

फिल्म खेलेपछि त्यो फिल्मको टिमको कुनै न कुनै व्यक्तिसँग झगडा गर्ने गरेको आरोप अभिनेता प्रदिप खड्कालाई लागेको छ । उनको कार्यशैलीले त्यो आरोप प्रमाणित पनि भएको छ ।‘प्रेमगीत’ गरेपछि निर्माता सन्तोष सेनसँग मिलेका प्रदिप निर्देशक सुदर्शन थापासँग टाढा भए । ‘लिलिबिली’ गरेपछि निर्देशक मिलन चाम्ससँग टाढा भएका प्रदिप निर्माता गोविन्द शाहीसँग नजिक भए ।

प्रदिपको यो बानीले उनलाई गाह्रो पर्ने अनुमान पनि सिनेमा वृत्तमा हुने गर्छ । प्रदिप खड्का ३ बर्ष अगाडि टाढिएका निर्देशक सुदर्शन थापासँग नजिकिएका छन् । सुदर्शन र प्रदिपले टिमअपका लागि कुरा पनि गरिरहेका छन् ।  प्रदिप खड्का र पूजा शर्माको जोडीलाई दर्शकले माया गरेपछि उनीहरु नजिक हुन वाध्यता परेको हो । सुदर्शन थापासँग प्रदिप नजिक भएपनि निर्माता सन्तोष सेन र सुदर्शन विच अझै राम्रो सम्बन्ध नबन्दा प्रदिपलाई गाह्रो परेको छ । किनकी, प्रदिप सन्तोष सेनका विश्वास पात्र हुन् ।

३ बर्ष पहिले झगडा गरेर टाढिएका सुदर्शन र प्रदिप अहिले ट्याम्पै भएका छन् । तर, सुदर्शनसँग नजिक भएका प्रदिप निर्देशक मिलन चाम्ससँग भने सम्बन्ध राम्रो बनाउन असफल छन् ।  प्रदिपको एकातिर मिल्ने अर्कोतिर छुट्ने बानी प्रष्ट छ । तर, यो बानीले उनको हितमा काम नगर्न सक्छ ।