बर्षालाई परिवारको मान्छे भनेर मिलनले के भन्न खोजेका ?

निर्देशक मिलन चाम्स हिरोइनलाई नजिक बनाउन सिपालु छन् । कोहीलाई बहिनी,  कोहीलाई परिवारको मान्छे भन्दै मिलन हिरोइनसँग नजिकिन्छन् ।

हेमा श्रेष्ठलाई बहिनी बनाएका मिलन वेनिशा हमालसँग नजिक थिए । अब अहिले उनी बर्षा सिवाकोटीसँग नजिक छन् ।

विर विक्रम २ फिल्ममा बर्षालाई लिने भएपछि मिलन नजिक भएका हुन् । एउटा निर्देशक र हिरोइनको नजिकपनालाई स्वभाविक मान्न पनि सकिन्छ ।

तर, मिलनले काठमाण्डौमा भएको एउटा कार्यक्रममा बर्षालाई परिवारको मान्छे भनिदिए । मिलनले परिवारको मान्छे भनेर के कुरामा संकेत गरेका हुन् भन्ने कसैले वुझेनन् । किनकी, बर्षा र मिलनविच कुराकानी भएको विर विक्रम २ बनाउने भएपछि मात्र हो । त्यो भन्दा अगाडी त बर्षा र मिलनको बिचमा गोरु वेचेको साइनो पनि थिएन ।

तर,  बर्षासँग नजिक भएपछि मिलनले उनलाई परिवारको मान्छे भनेर परिचय गराउँदा गाँइगुँइ हल्ला चल्न थालेको छ । बर्षा र मिलन गहिरो प्रेममा छन् भन्ने पनि हल्ला चलेको छ । मिलनले परिवारको मान्छे भन्दा उनीहरुको प्रेमलाई मलजल गर्ने ठाउँ मिलेको छ ।

बर्षाको फिल्म चलेका छैनन् । मिलनको साथले फिल्ममा केही गर्ने जोश बर्षालाई पलाएको छ । तर, मिलनले बर्षाको जोशमा साथ दिने हुन् कि परिवारको मान्छे भनेरै सिमित राख्ने हुन् भन्ने कुरा पनि छ ।