नचलेपछि सलोनसँग मात्र टाँस्सिएर काम छ र करिश्मालाई ?

हिरोइन करिश्मा श्रेष्ठले आफूलाई असफल भनेकी छिन् । आफू सिनेमामा चल्न नसकेको उनले बताइसकेकी छिन् । अरु निर्माताले नपत्याउने, सलोनको मात्र जोडी बन्ने बिषयमा पत्रकारले प्रश्न गर्दा आफूलाई निर्माताले नपत्याएको करिश्माको सोझो जवाफ थियो । करिश्मा यो अर्थमा पनि राम्री हुन् कि उनले आफूलाई अफर आएर पनि नगरेको भन्दै झुटो जवाफ दिइनन् ।

करिश्मा श्रेष्ठलाई सलोन बस्नेत बाहेक अरुले पत्याएका छैनन् । सलोनकी प्रेमिका भएकाले नै उनले उनको जोडी हुने अवसर पाएकी हुन् । तर, करिश्मा कुनै पनि कोणले सिनेमा वृत्तमा चलेकी छैनन् । करिश्मा यो कुरा स्विकार पनि गर्छन् । उनले, सबै विद्यार्थीले पढेर पास हुन नसक्ने भन्दै सिनेमा वृत्तमा आफू नचलेको स्विकार गरिदिइन् ।

तर, यसो भन्दै गर्दा सलोनसँग मात्र टाँस्सिएर करिश्माले हिरोइन बन्ने रहर कहिलेसम्म पुरा गर्लिन् भन्ने पनि छ । किनकी, उनलाई सलोन बाहेक अरुले त लिदैनन् । सलोनलाई लिएर सिनेमा बनाउने अरु निर्माताले पनि उनलाई सिनेमामा लिएका छैनन् । शोभित बस्नेत र सलोन बस्नेतले मात्र तन्काएर उनको सिनेमाको बाटो तन्किनेवाला छैन ।

यसो भए, आफू पनि कडा मेहनत गर्ने कि सलोनसँग मात्र टाँस्सिएर हिरोइन बन्ने सपना पुरा गर्ने, रोज्ने जिम्मा करिश्माकै ।