दर्शक किन कन्फ्यूज बनाउँदै छिन् रेनशा ?

निर्माता आर्यन सिग्देल र निर्देशक रेनशा वान्तवा राइविच चलेको होडबाजीले घाटा कसलाई फाइदा कसलाई ? दुबैको फिल्मका लागि बलियो हतियार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह हुन् । तर,  आर्यन फिल्मको रिलिजका लागि प्रचारमुखी भैरहँदा रेनशालाई किन हतार भएको होला ?

साउन १८ गतेबाट आर्यन र साम्राज्ञीको कायरा हलमा लाग्दैछ । यसैले,  अहिले दर्शकलाई आर्यन कायरामा फोकस गराउन चाहन्छन् । तर, यसमा निर्देशक रेनशा वान्तवा राइ वाधक बनेकी हुन् त ?

कायरा रिलिज हुन एक हप्ता बाँकी हुँदा रेनशाले आफ्नो फिल्म इन्टु मिन्टु लण्डनमा समावेश उडायो हावाले बोलेको गीत सार्वजनिक गरिदिइन् । यसमा धिरज मगर र साम्राज्ञीले काम गरेका छन् । साम्राज्ञी दुबै फिल्ममा भएकाले दर्शक कन्फ्यूज हुन सक्छन् । किनकी, साम्राज्ञीको फरक फरक फिल्मका २  गीत २ दिनमा रिलिज भएका छन् । अघिल्लो दिन इन्टु मिन्टु लण्डनमाको गीत रिलिज भयो भने भोलीपल्ट कायराको ।

कायरा रिलिजपछि गीत रिलिज गर्दा पनि रेनशालाई हतार छैन । तर, रेनशा किन कायरामा दर्शक कन्फ्यूज होउन् भन्ने चाहिरेकी छिन् । कायरा चलिदियो भने फाइदा इन्टु मिन्टु लण्डनमालाई पनि हो । रेनशाले थोरै धैर्य गरिदिएको भए के जान्थ्यो होला र ?