सन्ध्या लक्की कि अनलक्की ?

भिजे सन्ध्या केसी हिरोइन बनेर फिल्म खेल्न थालेको धेरै भएको छैन । सन्ध्यालाई फिल्म लाइन फापेको हो या होइन ? सन्ध्या अभिनित पण्डित बाजेको लौरी गत साता रिलिज भएको थियो । यो फिल्ममा उनी बदिनीको भूमिकामा थिइन् । सन्ध्याले अभिनय पनि राम्रो गरेकी थिइन् । तर, दर्शकले नै फिल्म नहेरिदिएपछि के लाग्यो र ?
फिल्म चलेन, सन्ध्या पनि चलिनन् । उनले अभिनय गरेको फिल्म ह्याप्पी न्यू इयर गतबर्ष रिलिज भएको थियो । त्यो फिल्मले न व्यापार गर्यो न सन्ध्यालाई फाइदा नै गर्यो । पण्डित बाजेको लौरीमा भने बदिनी बनेकी सन्ध्याको कामले तारिफ पाएको छ । उनले अभिनय गरेको अर्को कमलेको बिहे फिल्म चल्ने टुंगो नै छैन । ड्रिम फिल्ममा राम्रो काम गरेपनि निर्देशक भूवन केसीले भूमिका काटिदिएर उनलाई अनलक्की बनाइदिएका थिए ।
अहिले उनी फिल्म नचलेर अनलक्की बनिरहेकी छिन् । सन्ध्यालाई भूमिका र ब्यानरको आवश्यकता परेको हो कि ?

के प्रकाश सपुत नेपालका ‘सुपरस्टार’ हुन् ?

‘नाङ्गो गाउँ’को प्रचारमा किन छैनन् साम्राज्ञी ?

‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज

सलोनका लागि झुल्किएका सलिन

परमिताले सार्वजनिक गरिन् ‘सोलमेट’

के मिडियाको दबाबमा केकीले बिहे गरेकी हुन् ?

प्रतिक्रिया