सन्तोषलाई प्रेसमिटमा के को रवाफ देखाउनु परेको ?

३ वटा सिनेमा बनाइसक्दा निर्माता सन्तोष सेनमा रवाफ बढेको उनले बनाएको चौथो फिल्म मेरी मामुको प्रेस मिटमा स्पष्ट देखियो । गीत सार्वजनिक कार्यक्रम भन्दै मिडियालाई खबर गरिएको थियो । यसैले पनि मिडिया फिल्म निर्माताका लागि अतिथि थिए । पत्रकार सम्मेलनमा सवाल जवाल हुन्छ नै । तर, सवाल जवाल गर्न पुगेका पत्रकारलाई नै रवाफ देखाउने तरिकाले सन्तोष सेनले जुन काम गरे,  त्यो त्यती पाच्य छैन ।

पत्रकार सम्मेलनमा जब पत्रकारलाई, प्रश्न सोध्न भनियो,  पत्रकारले प्रश्न त राख्ने नै भए । तर, फिल्मको टिमका जसले जवाफ दिन्थे,  जवाफ दिदा दिदै तालीको ठूलो आवाज सुनियो । प्रश्न सोध्ने पत्रकारले नै जवाफ के आयो भन्ने त्यती वुझ्न पाएनन् । बारम्बार पत्रकारहरुबाट ताली बजाउन कम गर्नुपर्यो भन्दै आग्रह गरियो । तर, न त ताली बजाउन पुगेकाहरुले नै यो वुझे न त जवाफ दिनेहरुले नै केही वुझे ।

फिल्मका कलाकार, निर्माता, निर्देशक बोल्दा बोल्दै ताली बज्थ्यो । दुई दर्जन भन्दा बढी मानिसहरुलाई सन्तोष  सेनले ताली बजाउनकै लागि पत्रकार  सम्मेलनमा लगेको देखिन्थ्यो । पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा जवाफ दिने वित्तिकै ताली बजाउनुको कुनै तुक छैन । कुनै कलाकारको जवाफ उत्कृष्ट लाग्यो भने दर्शकले आफै ताली बजाउछन्, मिडियाले स्थान दिइहाल्छ ।

तर, पत्रकारलाई तिमीले यो प्रश्न सोधेर गल्ती गर्यौ भन्ने शैलीमा ताली पड्काउनुको अर्थ के ? निर्माता सेनको यो रवाफ हो या के हो ? यस्तो भिडभाड, कुनै पत्रकार सम्मेलनमा गर्नुभन्दा पनि फिल्म लागेपछि हलमा गर्दा राम्रो हुन्छ कि ?