पूजा घेरिने मेस्सी बन्लिन् कि जित्ने ?

पूजा शर्मा रामकहानी फिल्मलाई लिएर उत्साहित र तनावमा छिन् । अन्य फिल्म समेत यसपटक आउने हुँदा पूजालाई गाह्रो पर्न सक्छ । उनले, अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी विपक्षी टिमबाट घेरिएको तस्बिर राख्दै आफू पनि उनी जस्तै भएको लेखेकी थिइन् । मेस्सीलाई पनि प्रतिस्पर्धीले घेर्ने र गोल गर्न नदिने भन्दै पूजाले आफूलाई पनि अन्य सिनेमाले घेरेको लेखेकी थिइन् ।

मेस्सीसँग पूजाले तुलना गर्दै गर्दा उनले प्रतिस्पर्धा मेस्सीले जिते जस्तै आफूले पनि जित्ने लेखेकी थिइन् । तर, विश्वकै स्टार खेलाडी मेस्सी विश्वकपको दोश्रो चरणमा गोल गर्न नसकी घर फर्किएका छन् । मेस्सीको टिमले फ्रान्ससँग ३ गोल गरेपनि उनले गोल गर्न सकेनन् ।

मेस्सीले विपक्षी खेलाडीको बार तोड्न सकेनन् । विपक्षी खेलाडीको बार तोड्न नसकेका मेस्सी घर फर्किएका छन् र निराश छन् । पूजाले भने जस्तै उनीपनि मेस्सी जसरी घेरिएकी छिन् । तर, मेस्सीले त विपक्षी खेलाडीको बार तोड्न सकेनन् । अब, मेस्सी जस्तै भन्ने पूजाले अरु फिल्मको बार तोड्न सक्लिन् कि सक्दिनन् भन्ने प्रतिक्षा छ । कि, मेस्सी जस्तै उनी पनि घेरा तोडेर बाहिरिने हुन् ।