प्रियंकाको ट्याटु चल्यो, शो चलेन

हिरोइन प्रियंका कार्की टेलिभिजन शो बुगी वुगिबाट खुशी त छिन् । उनले, बुगी विगीका लागि हरेक पटक पहिरन पनि परिवर्तन गर्छिन् । नेपालमा डान्स गर्न सक्ने हिरोइनमा प्रियंका पर्छिन् । यसैले पनि उनलाई यो शोमा राखिएको होला ।

प्रियंकाले बुगी विगीको लागि भन्दै आफ्नो ड्रेस भनेर फोटो पोष्टिन् । प्रियंकाले इन्स्ट्राग्राममा राखेको फोटोमा उनको ट्याटु हाइलाइट छ । उनले, ट्याटु देखाउनका लागि यो फोटो राखेको हुनसक्छ ।  प्रियंकाले ढाडमा खोपेको ट्याटु हिट छ । तर, प्रियंका जज बनेको डान्स रियालिटी शो भने हिट हुन सकेन । प्रियंकाको अदा, कमेन्ट गर्ने तरिकाले कुनै चमत्कार गरेको छैन ।

अन्तिम ६ सम्म आइपुग्दा पनि प्रियंकाको यो शोेले पाउनु पर्ने उचाई नपाएको हो । तर, पनि प्रियंकाले शोका लागि आफ्नो ड्रेसमा मिहेनत गरेकी छिन् । सिनेमा, विज्ञापन, विदेश, टीभी शोमा उनले समय दिन सकेकी नै छन् ।  स्टेजमा डान्स गरेर चम्किएकी प्रियंका जर्ज बनेको शो चलेन । तर, उनको ट्याटु भने चलेको छ ।