विदेश बिनाको प्रदिपको फिल्म के फिल्म ?

हिरो प्रदिप खड्कालाई भाग्यमानी भन्दा के होला ? किनकी, आफूले नै बनाएको फिल्मबाट असफल भएका प्रदिप अरुले बनाएको फिल्मबाट स्टार भएका हुन् । उनी त यस्तो स्टार भैसकेका छन् कि, अब त उनको सिनेमामा नेपालको मात्र दृश्य राखे अपूर्ण हुने भएको छ ।

प्रेमगीत २ मा थाइल्याण्डको दृश्य देखाएर दर्शकलाई थाइल्याण्ड घुमाएका प्रदिप, लिलिबिली फिल्ममा भने स्कटल्याण्डमा रमाएका थिए । यो सिनेमाको त सबै दृश्य स्कटल्याण्ड र टर्कीमा खिचिएको थियो ।
प्रदिप निरक पौडेलले निर्देशन गरिरहेको रोजी फिल्मको छायांकन गरिरहेका छन् ।

यो फिल्ममा विदेशको दृश्य कहाँबाट आयो भनेर नझुक्किनुहोला । किनकी, रोजीमा पनि टर्कीको दृश्य देखिने भएको छ । प्रदिप सिनेमाको छायांकनका लागि टर्की पुगेका छन् । टर्कीमा प्रदिप खड्का, निर्देशक निरक पौडेल, अभिनेत्री परमिता आर एल राणा पुगेका छन् ।

रोजीको कस्तो दृश्य खिच्नका लागि टोली टर्की लागेको हो, खुलेको छैन । तर, विदेश र प्रदिपका फिल्म पर्यावाची जस्तो बन्न थालेका छन् ।