पोज दिएको कि ट्याटु देखाएको ?

प्रियंका कार्कीलाई सुहाउने कपडा लगाउन सिपालु हिरोइन भनिन्छ । प्रियंका कार्कीको नाम हिट हुनुको लाइन पनि यही नै होला । अभिनय गरेर त उनले संझनलायक सिनेमा दिएकी छैनन् । तर, उनको कपडा सधै संझनलायक नै हुन्छ ।

नाई नभन्नु ल ५ सिनेमाको ट्रेलर रिलिज गर्ने कार्यक्रममा प्रियंकाले लगाएको कपडा राम्रो मात्र थिएन, चर्चित पनि बनेको थियो । प्रियंकालाई पनि त्यो फोटो साह्रै मन परेको रहेछ । तर, एउटा कुरा भने वुझ्न सकिएको छैन । प्रियंकाले फेसबुक र इन्स्टाग्राममा राख्ने गरेका तस्बिरमा उनले आफ्नो ढाडमा खोपिएको ट्याटु बढी शो गरेकी छिन् ।

ट्याटु देखिएको तस्बिरमा प्रियंकाको मन गएको छ । प्रियंकालाई ट्याटु देखाउन मन लागेको हो कि, कपडा । तर, उनको पोज हेर्दा त ट्याटु हेरिदिएहुन्थ्यो भन्ने नै देखिएको छ ।