लुकाउन खोज्दा खोज्दै फुस्केको ऋचा–अर्पणको प्रेम

- मेराेफिल्म

अभिनेता अर्पण थापा बिहे गरिसकेका पुरुष भएकाले, उनीसँग आफ्नो नाम जोड्नु अघि सोच्न पत्रकारलाई अभिनेत्री ऋचा शर्माले धम्की दिइन् । पत्रकारलाई धम्की दिने मान्छेले त्यस्तै देखिने गतिविधी नगर्नु नी । तर, ऋचा र अर्पण झनै क्लोज भए । फिल्ममा एकैसाथ काम गर्ने कुरा त पुरानो भयो । हरेक ठाउँमा पनि सँगै पुग्ने गरेका छन् ।

अहिले ऋचा र अर्पण बेलायतमा छन् । अर्पणले बेलायतमाको तस्बिर फेसबुकमा राखेर पनि हटाएका छन् । ऋचाले पनि आफ्नो एक्लै तस्बिर राखेकी छिन् । उनीहरु, सुनकेशरी चलाउन बेलायत पुगेका हुन् या किन थाहा भएको छैन ।

ऋचा र अर्पणको प्रेमको खबर आउन थालेको महिनौ भैसक्यो । बाहिर होइन होइन भनेपनि ऋचा र अर्पणले आफूहरुको प्रेमको पाइला चाल्न रोकेका छैनन् । खुरुक्क प्रेम छ भनेर स्विकार गर्दा के हुन्छ र ? अर्पण विवाहित भएकाले ऋचालाई डर लागेको हुनसक्छ । उनीहरुले प्रेम लुकाउन त खोजेका छन् तर फुस्केको थाहा नै पाएका छैन ।

कि नलुकाउनु कि आफ्नो पहिरन राम्रोसँग लगाउनु नी ?

 

२०७५ साउन १ गते ९:३८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *