पूजालाई सुदर्शनले कहाँ कहाँ सम्हालुन् ?

पूजा शर्मा चल्तीकी हिरोइन् हुन् । उनलाई, निर्देशक सुदर्शन थापा भन्दा अरुको फिल्म नपाएको, नखेलेको आरोप लाग्छ । पूजा सधैभरि सुदर्शनकै फिल्ममा काम गर्न पाउँ भन्न छाड्दिनन् । तर, विचरा सुदर्शनले पूजालाई कहाँ कहाँ सम्हालुन् ।
सुदर्शन थापासँगै पूजा पनि निर्माता भएकी छिन् । सुदर्शनले नै हो पूजाको करिअरलाई बचाएका । पूजालाई फिल्म क्षेत्रमा प्रमोट गरिरहेका सुदर्शनले प्रेमगीत जस्तो फिल्ममा खेलाएपछि पूजा चम्किएकी हुन् । सुदर्शनलाई पूजाको करिअर सम्हालेको क्रेडिट जान्छ । तर, पूजा कहिलेकाही बोल्दा बोल्दै बालापन देखाइदिन्छिन्, त्यहाँ पनि सुदर्शनलाई सम्हाल्न धौ धौ पर्छ ।
सुदर्शन र पूजाले बनाएको रामकहानी फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा पूजाले ट्रेलर भनेकै झुक्याउनलाई बनाउने हो भनिदिइन् । पूजाले बोलिसकेपछि बल्ल थाहा पाइन् कि आफूले गल्ती बोले । उनी सुदर्शनतिर फर्किइन् र मुख छोप्दै हाँसिन् । सुदर्शनले पूजालाई सोही समयमा कुरा सच्च्याउन भने । पूजाले कुरा फेरिन् । सुदर्शनले पनि अब यही नै हेडलाइन्स बनेर आउने होला भन्दै कुरा सम्हाल्न खोजे ।
पूजाको करिअर बनाउने मात्र होइन, उनले बोलेको कुरा मिलाइदिने पनि सुदर्शन नै हुन् । पूजालाई सुदर्शनले कहाँ कहाँ सम्हालुन् ?

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_mMerQCaPpX_pvpumaixev1rmejvcikqdh3mwbf9wc8fyusl4elg0qjvvgviiyahuyyem1lf.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया