भूवनलाई भन्दा झरनालाई हतार

निर्माता भूवन केसी र निर्देशक झरना थापा अभिनेता अनमोल केसीको स्टारडमबाट चर्चा पाउने दाउमा छन् । भूवन निर्माता भएको फिल्म ‘क्याप्टेन’ छायांकनमै छ । भूवनले क्याप्टेनको अहिलेसम्म छायांकन सकेका छैनन् । छायांकन नभ्याएकाले पनि उनले फिल्म रिलिज कहिले गर्ने फाइनल गर्न सकेका छैनन् ।

भूवन केसीले क्याप्टेनको रिलिज मिति नै तोक्न नसकेको समयमा निर्देशक झरना थापा भने अनमोलले नै अभिनय गर्न लागेको ‘ए मेरो हजुर ३’ को प्रदर्शन कहिले गर्ने भन्नेमा पुगिसकेकी छिन् । ए मेरो हजुर ३ को छायांकन अनमोल केसीकै कारण ढिलो भयो भने झरनाको योजना विफल पनि हुनसक्छ । क्याप्टेनको रिलिज डेट कहिले हो अत्तोपत्तो छैन ।

झरनाले भने ए मेरो हजुर ३ चैत्र २९ गते आउने घोषणा गरिसकेकी छिन् । भूवन केसीलाई हतार नभएको बेलामा झरनालाई सुटिङमा नै नगएको फिल्मको प्रदर्शन डेट तोक्न कति हतारो हो ?