प्रदिपलाई साहरुख जस्तै कसले बनायो ?

कविराज गहतराजको व्यस्तताको कुरा नगर्दा पनि हुन्छ । बर्षमा बन्ने फिल्मको करिब ७० प्रतिशत फिल्ममा उनी नै कोरियोग्राफी गर्छन् । यही भएर पनि कविराजले कति फिल्ममा नयाँ सोच झिकुन् कुन्नी ?

टर्कीमा खिचिएको अभिनेता प्रदिप खड्का र अभिनेत्री मिरुना मगरलाई अभिनय गराइएको ‘रोजी’ फिल्मको ‘फूल होइन’ बोलको गीतको भिडियोलाई कविराजले स्तरिय बनाएका छन् । तर, यो गीत स्तरिय हुनुमा कविराजको मात्र हात छैन । निर्माताको लगानी र छायांकार राजुविक्रम थापाको खिचाई पनि मुख्यकारण छ ।

यो गीतको भिडियो हेर्दा दर्शकलाई बलिउड फिल्म ‘रइस’मा अभिनेता साहरुख खानको गेटअप र हिडाइको याद आउँछ । प्रदिपको हिडाई, उनको गेटअप साहरुखको रइस स्टाइलको लाग्छ । लोकेशन फरक भएपनि स्टाइल एउटै छ ।

मिरुना मगरको स्टाइल पनि रइस हिरोइन माहिरा खानको जस्तो लाग्छ । प्रदिपलाई यस्तो कविराजले बनाए कि उनी आफैले ?