के ‘रोजी’सँग डराएकी हुन् पूजा ?

भदौ २२ गते ‘रामकहानी’ फिल्मसँग ‘रोजी’ फिल्म जुध्ने भएपछि यसले विकराल रुप लिने अवस्था छ ।

रोजी आएसँगै रामकहानी फिल्मकी निर्मात्री र अभिनेत्री पूजा शर्मा निर्मात्री निकिता पौडेलसँग आक्रोशित भएकी छिन् । फेसबुकमा लामो स्टाटस कोरेर पूजाले निकितालाई महिला भएर महिलासँग जुधाउने भनेर स्टाटस लेखिन् । रोजीलाई रामकहानी फिल्मसँग जुधाउने योजना निकिताले नै बुनेको र त्यो आफूले थाहा पाइसकेको पूजाको बयान छ ।

प्रदिप खड्का अभिनित रोजी भदौ २२ मा आएपछि के पूजा शर्मा डराएकी हुन् ? होइन भने उनले यती धेरै आवेगमा आएर किन स्टाटस लेख्नुपरेको होला ? दर्शकले फिल्म जुन राम्रो छ त्यो हेरिहाल्छन् नी । स्टाटसमा पूजाको छटपटी देखिन्छ ।

निकिताले कस्तो ग्रान्ड योजना बनाएकी हुन् भनेर पूजाले प्रमाण पेश गरेकी छैनन् । तर, विकास बोर्ड अध्यक्ष, हल संचालिका निकिताप्रतिको यो कटाक्षले रामकहानी र पूजालाई नै ब्याक फायर भयो भने के होला ?