मिस नेपाल अर्थ प्रीयाद्वारा अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिस नेपाल अर्थ २०१८, प्रीया सिग्देलले काठमान्डौको शंखमूल  स्थित अवेरनेस इन्टरनेसनल एकेडमी ( ए आई ए ) मा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकी छन् । कार्यक्रम वातावरण संरक्षण बारेमा आयोजना भएको थियो । कक्षा ८, ९ र १० का बिद्यार्थीहरु सम्मलित कार्यक्रममा नारि सशक्तिकरण र नेतृतव बिकासका लागि बिध्यार्थिहरुलाइ आत्मविश्वासी बन्न समेत सिकाइएको थियो

कार्यक्रमका बारेमा प्रतिक्रिया दिंदै वातावरण क्लब कि अध्यक्ष दिलाशा सिंह ठकुरीले भनिन्, ” प्रिया दिदिको आत्म बिश्वास, वाक पटुता र तर्क शैली बाट आफु एकदमै प्रभावित भएँ।” त्यस्तै अर्की छात्रा आंचल पन्थीले प्रियाको क्रियाशीलताबाट धेरै बिद्यार्थीहरु लाभन्वित हुने बिस्वास ब्यक्त गरिन ।  त्यस्तै अर्का बिद्यार्थी आदर्श रेग्मीले भने, ” दिदि बाहिरबाट हेर्दा जति सुन्दर हुनुहुन्छ आन्तरिक व्यतित्व झनै सुन्दर रहेछ ।”

करिब ३ घण्टा संचालन भएको कार्यक्रममा कक्षा १० का बिद्यार्थी अनुज पौड्यालले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको अध्यक्षता र संयोजन एआईए बिध्यालयका पुर्व बिद्यार्थी समाजका अध्यक्ष समुन्द्र तिमल्सिनाले गरेका थिए । साथै बिद्यालयका प्रिन्सिपल बिष्णु प्रसाद अर्यालद्वारा मिस नेपाल अर्थ २०१८ लाइ धन्यबाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरेका थिए ।