आँचल सहि कि प्रियंका र बर्षा ?

शत्रु गते फिल्ममा काम गरेपछि अभिनेत्री आँचल शर्माले हुलमुलका फिल्ममा काम गर्दा आफ्नो काम देखाउन नपाइने गुनासो गर्दै सोलो फिल्ममा मात्र काम गर्ने बताएकी थिइन् । सत्रु गतेमा काम गरेर आफूलाई घाटा लागेको आँचलको कुरा थियो ।

तर, अभिनेत्री प्रियंका कार्की र बर्षा राउतले भने आँचलको कुरालाई स्विकार गरेनन् । प्रियंकाले आफ्नो अभिनय राम्रो छ, भूमिका राम्रो छ भने ५ मिनेटको भूमिका भएपनि नोटिस हुने बताइन् । उनले, ५० जना कलाकार हुँदा पनि अभिनय राम्रो गर्न सक्ने हो भने केही फरक नपर्ने बताइन् । आँचलले भने धेरै कलाकार हुँदा काम देखाउन गाह्रो हुने र आफू हिट नहुने बताएकी थिइन् ।

प्रियंका र बर्षा ठूलो समूह भएको फिल्ममा काम गरिरहेका छन् । ठूलो समुह भएकै फिल्मले उनीहरुलाई चिनाएको छ । आँचलले सोलो अभिनय गरेको ब्ल्याक फिल्मले मल्टिप्लेक्स हलमा शो नपाउने नै हो कि भन्ने पिरलो छ ।

अब, हुलमुलको तर्कमा आँचल सहि छिन् कि प्रियंका र बर्षा ?