फास्ट ट्रयाकमा प्रियंका, केकी र ऋचाले गोरेटो कहिले खन्ने ?

अभिनेत्री प्रियंका कार्कीले आफ्नो जीवनलाई फास्ट ट्रयाकमा लगिन् । प्रेममा परेको १ बर्षमै उनले इन्गेजमेन्ट गरिन् र प्रेमलाई नयाँ नाता दिइन् । पहिले डिभोर्स भएकाले पनि प्रियंका यसपटक अभिनेता आयुष्मान देशराज जोशीसँगको सम्बन्ध नटुक्रियोस् भन्ने चाहनामा थिइन् । यसैले उनले फास्ट बाटो अपनाइन् र लाइफलाई नयाँ बाटो दिइन् ।

प्रियंकाले फास्ट ट्रयाक समात्दा अभिनेत्री केकी अधिकारी, ऋचा शर्मा, नम्रता श्रेष्ठ कुन गोरेटमा कुद्ने भन्ने दोधारमा छन् । यी तिनै अभिनेत्री प्रेममा छन् भनिन्छ । नयाँ प्रेम केकीको छ भन्ने हल्ला छ भने पुरानो प्रेम नम्रताको । केकीले प्रेममा धोका खाएको खबर आएको छैन । ऋचा र नम्रताले अनुभव गरिसकेका छन् ।

यसैले यी कलाकारले प्रियंकाको जस्तो फास्ट फरवार्ड निर्णय कहिले लिन्छन् भन्ने चासो दर्शकमा छ । प्रियंकाको जस्तै केकी, नम्रता र ऋचाको फिल्मी बाटो अब उकालो लाग्नेमा धेरैले शंका गर्ने गरेका छन् । यसैले प्रियंकाको जस्तै फास्ट ट्रयाकको बाटो रोज्ने कि ?